विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनले उनले राष्ट्रपति चुनाव जितेमा वर्तमान प्रथम महिला मिशेल ओबामालाई आफ्नो क्याबिनेटमा खुला ह्दयले स्वागत गर्ने बताएकी छन् ।
समाचार संस्था पीटीआईका अनुसार ‘एक्स्ट्रा टिभी’ सँगको कुराकानीमा हिलारीले मिशेल ओबामाले विश्वभरका बालिकाको शिक्षाका लागि आफ्नो ध्यान केन्द्रीत गर्न चाहेको र उनीहरु विन्सटन—सलेममा गत हप्ता भेट्दा यसबारे कुरा भएको र उनी जुनसुकै समयमा क्याबीनेटमा सामेल हुन चाहे पनि आफू त्यसका लागि तयार रहेको बताएकी छन् ।
“मलाई के लाग्छ भने अहिले उनी केही समयका लागि बिश्राम लिन चहान्छिन् । तर उनले क्याबिनेटमा सामोल हुन चाहेमा सहयोग गर्ने पहिलो ब्यक्ति हुनेछु,” हिलारीले भनिन् ।
मिशेल आबामा हालैका दिनमा हिलारी क्लिन्टनको चुनाव प्रचार अभियानमा शीर्ष सहयोगी बनेर उदाएकी छन् ।
मिशेल ओबामा कारण चुनाव प्रचार अभियानमा ठूलो भीड जम्मा हुन सफल भएको थियो ।
अमेरिका पूर्व विदेश मन्त्रीसमेत रहेकी क्लिन्टनले भनेकी थिइन्, “उनी एक अनुकरणीय प्रथम महिला बन्न सफल भएकी छन् र मलाई लाग्छ यो काम अतिनै मुश्किल काम हो । त्यसैले म उनको एकदम नजिक महसुस गर्छू र उनले मेरो पनि सहयोग गरेकी छन् र मलाई आत्मविश्वास र साहस दिएकी छन, जुन प्रति म निकै आभारी छु किनकी यो निक्कै गाह्रो छ ।”
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १३:२५
प्रतिक्रिया दिनुहोस्