
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अरू इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादननिम्ति अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाइएको थियो ।
सेमिकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारमा ‘आधारभूत’ १० प्रतिशत र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।
यो प्रतिबन्धले राष्ट्रपति ट्रम्पले यसै महिनाको सुरुमा घोषणा गरेको १० प्रतिशत र चीनबाट सामानमा दण्डित अतिरिक्त दर करको दायरालाई संकुचित गरेको छ ।
ट्रम्पले विशेष गरी आफ्नो ‘पारस्परिक कर’ चीनलक्षित गरेको देखिएको छ । र, यो वासिङटनले अनुचित ठानेका अभ्यासलाई सम्बोधन गर्न जारी गरिएको कर हो ।
विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था (चीन)ले अमेरिकाबाट चीन आयात हुने सामानमा यसै हप्तादेखि लागु हुने गरी १२५ प्रतिशतको नयाँ कर सुरु गरेको छ ।
‘हार्ड ड्राइभ’ र ‘कम्प्युटर प्रोसेसर’सहित धेरै छुट भएका उत्पादन सामान्यतया अमेरिकामा बनेका छैनन् ।
ती सामानलाई अमेरिकामा उत्पादन गर्ने एक तरिकाका रूपमा कर जारी गरिएको थियो । तर, विकल्पमा घरेलु उत्पादन बढाउन सम्भवतः वर्षौं लाग्नेछ । रासस/एएफपी