site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजालाई चुनौती

बाँके । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउनेभन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

शनिबार (चैत ३०) बाँकेमा पार्टीको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले काठमाडौंको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्कने बताए । पूर्वराजा आफू निर्वाचनमा नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुईतिहाइ सांसद जितेर राजसंस्था फर्काउन उनले चुनौती दिए । “राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन,” उनले भने ।

महामन्त्री शर्माले देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुंग्याउनुपर्नेमा जोड दिए । उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए ।

कांग्रेस कार्यकर्तालाई कुनै व्यक्ति, गुट, उपगुटको पछि नलाग्न उनले आग्रह गरे । संगठनको पछि लागेमा पार्टी बलियो हुने उनले बताए । उनले पार्टीले देश र जनताको विकासका पक्षमा काम गरिरहेको उल्लेख गरे । गाउँ, टोलस्तरमा पार्टीले गरेको सकारात्मक कामको प्रचार गरी विश्वासिलो बनाउन कार्यकर्तालाई उनले आग्रह गरे ।

सम्मेलनमा पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले नेताहरू इमानदार र अनुशासित भएमा जनमत आफैँ बढ्ने बताए । वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यकर्ताले संगठनको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।

सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro