काठमाडौं । चलचित्र ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । निरोज महर्जनले निर्देशन गरेको चलचित्रको छायांकन ३५ दिनमा सकिएको हो ।
चलचित्र काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको निर्माता रौनक विक्रम कडेलले बताए ।
चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहनेछ ।
रौनक विक्रम कडेलको लगानी रहने चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।
चलचित्रमा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा छ । कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहनेछ ।
‘फेरी रेशम फिलिली’ २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान भने यो चलचित्रमा छैनन् ।