site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कार्साङ’को टिजरमा के छ ? 

काठमाडौं । चलचित्र ‘कार्साङ’ले टिजर सार्वजनिक गर्दै पब्लिसिटी सुरु गरेको छ । पुस २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । 

सार्वजनिक टिजरमा धामी बसेको दृश्य, गरिबी, अभाव, निःसन्तान दम्पतीको कथा देखाइएको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण टिजरमा देख्न सकिन्छ । 

नयाँ लुगाका लागि सन्तानले गर्ने अपेक्षा र त्यो पूरा गर्न नसक्ने अभिभावकको तनाव टिजरमा देखिन्छ ।  

टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ ।

यम शेर्पाको डेव्यु निर्देशनमा तयार हुँदै गरेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

चलचित्रमा अभिनेता दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार  हुन् । उनीर निर्माता पनि हुन् ।

चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्