site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलमा विराटनगर– ढिलो आयो, तर कडा आयो !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पछिल्ला दुई खेलको हारले पूर्वेली टोली विराटनगर किंग्समाथि चर्को दबाब थपिएको थियो । दुवै खेलमा विराटनगमाथि तेर्सिएको सबैभन्दा ठूलो प्रश्न थियो– ब्याटिङ किन राम्रो हुन सकिरहेको छैन ?

प्रश्न स्वाभाविक पनि थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध १२७ र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९२ रनमै समेटिएको थियो । दुवै खेलमा विराटनगर क्रमशः आठ विकेट र ९० रनले पराजित भएको थियो ।

त्यही दबाबबीच बुधबार प्रतियोगिताको तेस्रो खेलमा मैदान ओर्लिएको विराटनगरलाई यी र यस्तै प्रश्नको सटिक जवाफ दिन पनि जित आवश्यक थियो । र, विराटनगरले जवाफ दियो पनि । त्यो पनि राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी लायन्सविरुद्ध कीर्तिमानी जित निकाल्दै । 

Biratnagar-Kings-(4)-1733328254.jpgकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ‘थ्रिलर’ खेलमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको विशाल योगफल खडा गरेको थियो । जुन एनपीएलमा अहिलेसम्म कुनै पनि टिमले खडा गरेको अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि, विराटनगरविरुद्ध नै सुदूरपश्चिमले १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो । 

तर, विराटनगरले १९२ रनको कीर्तिमानी लक्ष्य २०औँ ओभरको पाँचौ बलमा भेटायो, आठ विकेट गुमाएर । योसँगै विराटनगरले एनपीएलमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ ।

पूर्वेली टोलीको यो जितमा नायक बने, ओपनर ब्याटर लोकेश बम । घरेलु क्रिकेटमा लोकेश लामो प्रहार गर्ने सक्ने क्षमताबाट परिचित छन् । उनले बुधबार आफ्नो स्वाभाविक शैली प्रस्तुत गरे पनि । ओपनिङमा आएका लोकेश १८औँ ओभरमा आउट हुनुअघि ७१ रनको अर्धशतकीय इनिङ खेले । यही प्रदर्शनबाट उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत चुनिए ।

“एक ओपनरको रूपमा मेरो भूमिका सधैँ टिमलाई राम्रो सुरुआत दिने हुन्छ । पहिलो इनिङपछि म खेल जिताउँछु भन्ने कुरा गरिरहेको थिएँ । त्यो विश्वास राखिराखेको थिएँ,” लोकेशले जितपछिको भावना यसरी पोखे ।

Biratnagar-Kings-(1)-1733328255.jpg
लुम्बिनीविरुद्धको जितमा टिमसँगै लोकेशले पनि कीर्तिमानी ब्याटिङ गरे । टिमको खातामा ७१ रन थप्दा लोकेशले कुल नौ बाउन्ड्री प्रहार गरेका थिए । जसमा तीन चौका र ६ छक्का समावेश छन् । योसँगै लोकेश एनपीएलको एउटै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याटरसमेत बने । उनले सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी (विराटनगरविरुद्ध) र कर्णाली याक्सका शिखर धवन (काठमाडौं गुर्खाजविरुद्ध)लाई पछि पारेका हुन् । यी दुवैले यसअघि समान आफ्नो इनिङमा समान पाँच छक्का प्रहार गरेका थिए ।

अन्तिम ओभरको ‘थ्रिलर’

बुधबारको खेलमा लोकेश नै विराटनगरलाई जितसम्म डोहोर्‍याएका भने होइनन् । उनी १८औँ ओभरको चौथो बलमा आउट हुँदा विराटनगरलाई १४ बलमा अझै २९ रनको आवश्यकता थियो । १९औँ ओभरको दोस्रो बलमा र २०औँ ओभरको पहिलो बलमा विकेट गुमाउँदा विराटनगर १७९–८ को स्थितिमा थियो ।

विराटनगरलाई जितका निम्ति अन्तिम ओभरमा १५ रन आवश्यक थियो । लुम्बिनीबाट बलिङ गर्न आएका विवेक यादव निकै दबाबमा देखिए । उनले सुरुका दुई बल लगातार वाइड फ्याके । त्यसपछि उनले पहिलो आधिकारिक बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे । 

विराटनगरलाई जितका निम्ति अन्तिम पाँच बलमा १३ रन आवश्यक बन्यो । सन्दीपपछि ब्याटिङमा आएका क्रिस सोलले विवेकको दोस्रो बल डट खेले । सोलले तेस्रो बल छक्का प्रहार गर्दै टिमको दबाब कम गरे । यसपछि विराटनगरलाई अन्तिम तीन बलमा सात रन आवश्यक थियो । चौथो बलमा पनि बाउन्ड्री लगाउँदै सोलले चौका प्रहार गरे । दुई बलमा तीन रन आवश्यक हुँदा पाँचौँ बलमा पनि सोलले चौका प्रहार गरेपछि विराटनगरले रोमाञ्चक जित पक्का गर्‍यो ।

Biratnagar-Kings-(3)-1733328253.jpg
विरानगरको जितमा सोलले चार बलमै १४ रन बनाए । यसक्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसअघि मध्यक्रममा बसिर अहमेदले ४० रन बनाउनु पूर्वेली टिमको जितमा झनै महत्त्वपूर्ण सावित बन्यो । बसिरले २३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

पहिलो खेलमै हार बेहोरे पनि लुम्बिनीका कप्तान रोहितले जितको श्रेय विराटनगरका खेलाडीलाई दिन आनाकानी गरेनन् ।

“लोकेश र बीचमा बसिर जसरी ब्याटिङ गरे, श्रेय उनीहरूलाई जान्छ । यी दुईबीचको साझेदारीले खेल हामीबाट टाढा लाग्यो,” खेलपछि रोहितले भने ।

नेपालीमा एउटा चलनचल्तीको उखान छ– ‘ढिलो आयो, कडा आयो ।’ विराटनगरको हकमा यो धेरै हदसम्म लागु हुन्छ पनि । किनकि, टोलीले यसअघि दुई खेलमा फराकिलो हार बेहोरेको थियो । 

तर, बुधबारको कीर्तिमानी जितले यी दुवै हार छोपिसके । अब विराटनगरको यो जितलाई भन्न सकिन्छ, ‘ढिलो आयो तर, कीर्तिमानी आयो ।’

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro