site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस  

काठमाडौं । नरेश भट्टमाथि श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । भूतपूर्व अमेरिकी सैनिक नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सोमबार उनीमाथि हत्या र शव लुकाएको अभियोग लागेको हो । यो बहसका क्रममा ममताकी आमा गीता पनि अदालतमा उपस्थित थिइन् । ३७ वर्षीय नरेशले ममताको हत्या ३० जुलाईतिर गरेको मानसास पार्क प्रहरीको भनाइ छ । 

Dabur Nepal
NIC Asia

मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भयो । प्रहरी प्रमुखले भने, “सुरुआतदेखि नै हामीलाई उनको हत्या भएको शंका लागेकाे थियो । यो कुरा डीएनए जाँच र अरु प्रमाणबाट पुष्टि भएको छ ।”

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।

ममता प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी अन्तिमपटक २७ जुलाईमा अफिस पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी २ अगष्टमा ममताको घर पुगेको थियो ।

प्रहरीले ममतालाई फेला नपारेपछि उनका श्रीमान् नरेशसँग सोधपुछ गरेको थियो । नरेशले पनि ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेशले नै ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेस गरेको छ । 

प्रहरीका अनुसार, नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ ?’ ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ ?’ भनेर सर्च गरेका थिए । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।

हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ । नरेश र ममताको एक वर्षीया छोरी छिन् । अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, “मेरो मुटु दुःखेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro