site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौथाईवालेसँग मन्त्री भण्डारीको अनुरोध : प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाउनुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी नयाँदिल्लीमा छन् । भारत सरकारद्वारा आयोजित साझेदारी शिखर सम्मेलनमा भाग लिन भारत पुगेका भण्डारी भारतका मन्त्री र सत्तारूढ दल भारतीय जनता पार्टीका नेतासँगको भेटघाटमा व्यस्त छन् ।

भण्डारीले भारतीय पेट्रोलियम तथा ग्याँसमन्त्री हरदिपसिंह पुरी र उद्योगमन्त्री पियुष गोयलसँग भेटघाट गरे ।

यही मेसोमा मन्त्री भण्डारीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग पनि मंसिर १८ मा भेटघाट गरे । सम्मेलनको अन्तिम दिन भण्डारी र चौथाईवालेबीच नयाँदिल्लीको होटेल ताज प्यालेसमा भेटघाट भयो । 

चौथाईवालेले भण्डारीसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जाल एक्समा पनि राखेका छन् । 

भेटघाटमा भारतीय जनता पार्टी र एमालेबीचको सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको चौथाईवालले एक्समा लेखेका छन् । उच्च स्रोतका अनुसार, चौथाईवालेसँग मन्त्री भण्डारीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा निमन्त्रणा गरिदिन अनुरोध गरेका थिए ।

मन्त्री भण्डारीको अनुरोधमा ठट्यौली शैलीमा जवाफ फर्काउँदै चौथाईवालेले भने, “तपाईंहरूको त उत्तर (चिनियाँ कम्युनिस्ट पार्टी)सँग पनि भगिनी सम्बन्ध छ । उतातिर पनि सोध्नुहोस्, हामी बोलाउन तयार छौँ ।”

प्रधानमन्त्री ओलीको पछिल्लो समय भारतसँग राम्रो सम्बन्ध छैन । मन्त्री भण्डारीसँगै चौथाईवालेलाई भेट्न पुगेका कारोबारी–व्यापारी दीपक भट्टले भेटघाटको अन्त्यमा फेरि ओलीलाई भारत भ्रमणमा बोलाइदिन अनुरोध गरेका थिए । त्यसपछि झोक्किएका चौथाईवालेले जवाफ फर्काए, “प्रधानमन्त्री ओलीजीसँग मेरो नम्बर छ, उहाँले सिधै फोन गर्न सक्नुहुन्छ ।”

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro