site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं–१६ मा स्वतन्त्र उमेदवार चित्रकारलाई शून्य मत : कसले कति पाए ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–१६ को अध्यक्ष पदमा स्वतन्त्र उमेदवार विक्रम चित्रकारले एक मत पनि पाएनन् । आइतबार भएको उपनिर्वाचनको नतिजामा उनको पक्षमा मत देखिएको छैन । 

आयोगका अनुसार पाँचजना स्वतन्त्र उमेदवारले १० मत पनि कटाउन सकेनन् । स्वतन्त्र उमेदवार श्यामप्रसाद तिवारी ८, हीराप्रसाद सेति ७, अञ्जन श्रेष्ठ ६, सूर्यबहादुर बैदार ४ र प्रकाश पन्तले एक मत पाएका छन् । पन्तले भने उमेदवारी निष्क्रिय गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठलाई समर्थन गरेका थिए । 

यी उमेदवार जसले एक सय मत पनि कटाउन सकेनन् 
उपनिर्वाचनमा स्वतन्त्र उमेदवार पशुपति कठायतले ९२, राप्रपा, नेपालका राजकुमार थापाले ६१, नेमकिपाका न्यूह मर्जनले २५, जसपाका सानुमैया राउत क्षेत्रीले २४ मत पाएका छन् ।

सोमबार सार्वजनिक भएको परिणामअनुसार नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका देवेन्द्र पाठक २८० मतान्तरले पराजित भए ।  कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।

नेकपा एमाले तेस्रो भएको छ । लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
 
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् । स्वतन्त्र देवकुमार श्रेष्ठले ३१४ मत पाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro