site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा एउटा मात्र हल, १५८ सिनेमाघरमा ४१ हजार सिट

काठमाडौं । नेपालमा सिनेमाघरको संख्या १५८ छ । सात प्रदेशमा १५८ सिनेमा हल सञ्चालनमा छन् ।

चलचित्र विकास बोर्डले हाल नेपालमा सञ्चालित सिनेमा हलको संख्या सार्वजनिक गरेको छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ६७ सिनेमा हल सञ्चालनमा छन् । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा एउटा हल सञ्चालनमा छ । 

कोसी प्रदेशमा २६, मधेसमा २४, वाग्मतीमा ६७, गण्डकीमा १४, लुम्बिनी प्रदेशमा २४, कर्णालीमा दुई र सुदूरपश्चिममा एउटा हलमा सञ्चालनमा रहेका बोर्डले जनाएको छ ।

कोसीका २६ हलमा ६ हजार ४१८ सिट छन् । मधेसमा २४ हलमा नौ हजार १७८ र वाग्मतीमा ६७ सिनेमाघरमा १४ हजार ६५९ सिट छन् ।

गण्डकी प्रदेशमा १४ हलमा चार हजार ३२१, लुम्बिनीमा २४ सिनेमाघरमा पाँच हजार ९२२ सिट छन् । कर्णाली प्रदेशमा दुई हलमा ३३१ र  सुदूरपश्चिममा एउटा सिनेमाघरमा ३९७ सिट छन् ।

हाल नेपालभरका १५८ सिनेमा हलमा ४१ हजार २८६ सिट छन् ।

यसबाहेक पनि केही सिनेमा हल सञ्चालनमा छन् । केही समयअगाडि सेभेन सिस सिनेमाले २० सिनेमा हलले आफ्नो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को फेक बक्सअफिस रिपोर्ट दिएको भन्दै नाम सार्वजसिनक गरेको थियो । त्यसको बचाउमा चलचित्र संघ उत्रिएपछि विकास बोर्डले उक्त २० हल नवीकरण नभई गैरकानुनी रूपमा चलिरहेको भन्दै कारबाहीको चेतावनी दिएको थियो ।

विकास बोर्डका अनुसार, २० सिनेमा हल नवीकरण नभई चलिरहेका हुन् । ती १५८ हलभन्दा बाहिरका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro