site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अविचलित समर्थनको चित्रण ‘साथी’ 
SkywellSkywell

काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस २०२४ अवसरमा सार्वजनिक भएको एक सजीव नयाँ गीत हो ‘साथी’ । यो गीतले साँचो मित्रताको मर्म र आफ्ना मित्रहरूले प्रदान गर्ने अविचलित समर्थनलाई चित्रण गरेको जनाइएको छ ।

“यो गीत ती मित्रहरूलाई समर्पित गरिएका हो, जो हाम्रा सुख–दुःखमा साथमा उभिन्छन्, सान्त्वना र आनन्द प्रदान गर्दछन्,” यस गीतका गायक तथा गीतकार मुकेश प्रधान भन्छन् ।

KFC Island Ad
NIC Asia

गीतका शब्दहरू मित्रताको गहिरो सम्बन्धलाई सुन्दर रूपमा व्यक्त गर्दै सुरु हुन्छन् 

“सुन्य सुन्य भएको बेला, सारा संसार हारेको बेला
सम्झिने मान्छे मै त हो तिम्रो
कुरा तिम्रो दिन रात सुनेनी, सारा समय सँगै भएनी
नथाक्ने मान्छे मै त हो तिम्रो”

Royal Enfield Island Ad

यो गीतले सबैलाई जोड्न सक्दछ । साथ अनि साथीको अनुभूति गराउन सक्दछ । सधैं सँगै हुँदा, हरदम कुराकानी भैरहँदा पनि, भेट्ने अनि बोलि सुन्ने चाह नघट्ने र साथ दिन नथाक्ने साथीको चित्रण गरेको पाइन्छ । 
“हिजो आज तिमी छौ कता
सम्झनाले सताउँछ मलाई यता 
ठिकै त होलौनी तिमी पनि
मुस्कान आजै तिम्रो उस्तै होला 
रहर मेरो कति हो कति, तिमीलाई भेट्ने समुन्द्र जति
सबै नाता टादिएको बेला, आशाहरु मरेको बेला
सम्झिने मान्छे मै त हो तिम्रो”

आज त्यो साथी सँगै नहोला, उसको साथले छरेका उर्जा जीवनमा सँधै रहिरहने र त्यो मुस्कान अनि खुसीमा कसैको नजर नलागोस् भन्ने भाव गीतले व्यक्त गरेको छ ।
साथै, साथी जहाँ भए पनि, जीवनमा भएका सानो आशाको किरण निभे पनि, सबै नाता अनि सम्बन्धहरुले साथ छोडे पनि अन्तिम घडीसम्म साथ हुने साथीको खुबै मर्मश्पर्षी बखान गीतले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro