site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पल र दीपिकाको ‘मायावी’ फागुन १४ मा

काठमाडौं । चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ । शिवरात्रीको अवसर पारेर ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको हो ।

पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।  दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको छ । 

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर देख्न सकिन्छ ।

पोस्टरमा पलको आँखामा आँशु देखिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन छ । 

उनीहरूको मुहारले सिनेमामा पल र दीपिका प्रेमी–प्रेमिकाको भूमिकामा रहेको र बिछोडको अवस्थामा पुगेको संकेत गरेको छ ।  

‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । 

चलचित्रमा निर्देशक भट्टराई स्वयंले कथा लेखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro