site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बम बहादुर’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र पुस ५ गते रिलिज हुनेछ । 

‘बम बहादुर’ले सन्देशमूलक कथा र ऐतिहासिक संघर्षलाई चित्रण गरेको निर्माणपक्षले जनाएको छ । दार्जिलिङ पहाड र डुअर्समा बसोबास गर्ने नेपाली भासीको संघर्षलाई चलचित्रले उजागर गर्नेछ । 

Dabur Nepal
NIC Asia

चलचित्रलाई जोन राईले निर्देशन गरेका छन् । चलचित्रको मुख्य भूमिकामा सौगातसँगै कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठलगायतको अभिनय रहेको छ । 

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro