site stats
बाह्रखरी :: Baahrakhari
कला
‘तेल भिसा’ले तीन दिनमा कति गर्‍यो ग्रसकलेक्सन ?

काठमाडौं । चलचित्र ‘तेल भिसा’ले तीन दिनमा एक करोडको आंकडा पार गरेको छ । निर्माणपक्षका अनुसार तीन दिनमा यो चलचित्रले एक करोड ३६ लाख ग्रसकलेक्सन गरेको छ । 

‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । 

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो । यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । 

अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्