कला
काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका, २०२४’को उपाधि अन्ना कोइरालाले जितेकी छन् ।
आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित फिनालेमा नर्थ क्यारोलिना राज्यबाट सहभागी अन्नाले ताज पहिरिएकी हुन्।
मेरिल्यान्डकी रुबी पौडेल पहिलो रनरअप र टेक्सासकी आदिश्री रेग्मी दोस्रो रनरअप घोषित भइन् ।
अमेरिका र क्यानडास्थित नेपाली समुदायबाट १८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
फिनालेमा सहभागी हुन नेपालबाट पूर्वमिस नेपालहरू, कलाकार र मोडल न्युयोर्क पुगेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ २३:५८
प्रतिक्रिया दिनुहोस्