विदेश
नयाँ दिल्ली । विश्वव्यापी रूपमा आईटीमा आएको समस्याका कारण भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा म्यानुअल सर्भिसअन्तर्गत विमानस्थलको काम भइरहेको छ ।
त्यहाँ हातैले लेखेर कागजमा कुन फ्लाइटका यात्रु कुन गेटबाट प्रवेश गर्ने भनेर काउन्टर अगाडि राखिएको छ ।
ब्यागेज ट्याग खाली प्रिन्ट गरेर त्यसमा विवरण लेख्न आग्रह गरिएको छ । बोर्डिङ पास पनि खाली प्रिन्ट गरेर विवरण भर्न आग्रह गरिएको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्