site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा गुन्जिँदै सत्य–स्वरूप

सिड्नी । चर्चित गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्य अस्ट्रेलियाको सिड्नीमा गुन्जिने भएका छन् । आउँदो डिसेम्बर ६ मा फ्लेभर्स अफ नेपालको आयोजनामा सिड्नीको ग्रयानभिलस्थित टाउन हलमा ‘द सत्य स्वरूप शो’ हुन लागेको हो ।

फ्लेभर्स अफ नेपालका राजेश केसीले कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी दिए । सिड्नीमा हुने शोपछि यो कार्यक्रम डिसेम्बर ९ मा न्यु क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा ओलगंगमा उनीहरूको सांगीतिक प्रस्तुति रहने केसीले बताए ।

गायकद्वय सत्य–स्वरूपले लामो समयको अन्तरालपछि आफूहरू सांगीतिक प्रस्तुतिका निम्ति अस्ट्रेलिया आउन लागेको बताए । “अस्ट्रेलियामा रहनुहुने नेपाली गीत–संगीतप्रेमीहरूमाझ प्रस्तुत हुन हामी हतारिएका छौँ,” उनीहरूले भनेका छन्, “विश्वास छ, हामीले यहाँहरूको सांगीतिक प्यास मेटाउन भरपुर प्रयास गर्नेछौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro