विदेश
काठमाडौं । टर्कीको उत्तरी प्रान्त ओर्डुमा भारी हिमपात हुँदा चारजना बेपत्ता भएका छन् । सोमबार देशका धेरैजसो भूभागमा भारी हिमपात भएको छ ।
चार व्यक्ति मेसुदिए जिल्लामा फसेका थिए । गभर्नरका अनुसार, उक्त समूह शनिबार सिकारका निम्ति टोपक्याम क्षेत्रमा गएको थियो ।
आफ्नो परिवारलाई समूहले मस्जिदमा आश्रय लिएको र तुरुन्तै सहयोगको अनुरोध गरेको थियो । तर, भीषण हावाहुरीका कारण उद्धार टोली उक्त क्षेत्रमा पुग्न सकेको छैन ।
हिमपात र आँधीले टर्कीभर सडक बन्द र दुर्घटनाहरू निम्त्याएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ ०९:०९
प्रतिक्रिया दिनुहोस्