site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको खैबर पख्तुनख्वामा सातदिने युद्धविरामको सहमति

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जारी द्वन्द्वका बीच सातदिने युद्धविरामको सहमति भएको छ । सरकारी प्रयासपछि आपसमा लडिरहेका दुवै जनजाति समुदाय युद्धविरामका लागि सहमत भएका हुन् ।

खैबर पख्तुनख्वा सरकारले दुई समुदायबीचको विवाद समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ । खैबर पख्तुनख्वा सरकारका प्रवक्ता मुहम्मद अली सैफले सरकारले दुवै समुदायका नेताहरूसँगको छलफलपछि सातदिने युद्धविराम गर्ने सहमति भएको छ । शव र बन्दीहरू फिर्ता गर्ने सहमति पनि भएको छ ।

गत हप्ता खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा अलिजाई (सिया) र बागान (सुन्नी) जनजातिबीच झडप हुँदा यात्रुवाहक भ्यानलाई लक्षित गरेर गोली चलाइएपछि द्वन्द्व सुरु भएको थियो । यी सबै गाडीहरू पर्चिनारबाट खैबर पख्तुनख्वाको राजधानी पेशावरतर्फ गइरहेका थिए ।

दुई समुदायबीचको तीन दिनसम्म चलेको हिंसामा अहिलेसम्म ६४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । तर, केही सञ्चारमाध्यममा मृत्यु हुनेको संख्या १०० भन्दा बढी रहेको बताएका छन् ।

पाकिस्तानमा अधिकांश जनसंख्या सुन्नी मुस्लिम छन् । न्युयोर्क टाइम्सका अनुसार, अफगानिस्तानसँगको सीमा नजिकै कुर्रमको ७.८५ लाख जनसंख्यामध्ये आधा शिया मुस्लिम छन् । जसका कारण दुई समुदायबीच साम्प्रदायिक तनाव छ ।

खैबर पख्तुनख्वालाई लिएर पाकिस्तान र अफगानिस्तानबीच सधैँ तनाव रहँदै आएको छ । जसका कारण धेरै आतंककारी समूहले यसलाई आश्रयस्थलको रूपमा प्रयोग गर्छन् ।

एजेन्सीको सहयोगमा ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro