site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्दै अस्ट्रेलिया

काठमाडौं । अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने विधेयक अघि सारेको छ । यो नियमको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २० लाख अमेरिकी डलर जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।

यो कानुनसँगै अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण योजना अघि सारेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले यही प्रणालीअनुसार बायोमेट्रिक वा सरकारी प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।

यो हालसम्म कुनै पनि देशले अघि सारेको सबैभन्दा महत्त्वपूर्ण नियमनको प्रक्रिया हो । यस्तै, यो कुनै पनि देशले तय गरेको उमेहदको उच्च सीमा हो ।

यो विधेयक पारित भएर कानुन बनेमा १६ वर्षमुनिका बालबालिकाको पहिल्यैदेखि रहेका अकाउन्ट पनि चल्न दिइने छैन ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘ऐतिहासिक सुधार’ भनेका छन् । सामाजिक सञ्जाल एवं इन्टरनेट कम्पनी मेटा र गुगलले यो कानुन पारितमा ढिलाइ गर्न माग गरेका छन् । दुवै कम्पनीले अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिसक्दासम्म कानुन अघि नबढाउन माग गरेका हुन् ।

अस्ट्रेलिया सरकारले यसै हप्ताको अन्त्यसम्ममा उक्त विधेयक पारित गर्न सक्ने ठानिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले भने उचित परामर्शबिना कानुन अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro