site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा नेताहरूविरुद्धको अवहेलना मुद्दा सिधै संयुक्त इजलासमा 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गराएको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा तोकिएको हो । अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गर्न खोजिएको भन्दै उक्त कार्य अदालतको अवहेलना हुने अधिवक्ता भट्टराईको निवेदनमा उल्लेख छ । 

Dabur Nepal
NIC Asia

सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरिदिएको थियो । पछि इजलासमा निवेदन पुगेपछि न्यायाधीश विनोद शर्माको इजलासले दरपिठ खारेज गर्दै दर्ताको आदेश जारी गरेको थियो । गएको कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहेको छ । 

अदालतले दिएको म्यादका विषयमा प्रश्न उठाउँदै रास्वपा नेताहरूले भाषणबाजी गरेका थिए । त्यसमध्ये रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले न्यायाधीशलाई कुन पार्टीको हो भनेर सोध्नुहोला भन्दै भाषण गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro