site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गुरुङ समुदायले भन्यो– ‘घरज्वाइँ’मा रहेका रोधीको मर्म विपरीतका दृश्य हटाऊ 
SkywellSkywell

काठमाडौं । गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले चलचित्र ‘घरज्वाइँ’ले रोधी संस्कृतिको मर्म विपरीत केही दृश्य देखाएको आरोप लगाएको छ । उक्त दृश्य तत्काल हटाउन तमु धिं नेपालले माग गरेको छ । 

“घरज्वाइँमा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही सम्बाद र दृश्यले रोधीको मर्म र कर्म विपरीत भएको देखिएकाले चलचित्रसँग सम्बन्धितलाई ध्यानाकर्षण गर्दछौँ,” तमु धिं नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यो चलचित्र निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुने गरी रोधीसँग सम्बधित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।” 

Dabur Nepal
NIC Asia

उसले रोधीको सट्टा चलचित्र छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव समेत दिएको छ । 

चलचित्र ‘घरज्वाइँ’ गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ । चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu