site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । 

मिलन तामाङले चलचित्र निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । पटकथा तथा संवाद भने रामशरण पाठकको रहनेछ । 

छोरीले माइतीघर छोड्दाको इमोसन चलचित्रमा समेटिने निर्माता अधिकारीले जानकारी दिए । सोसल ड्रामा जानरामा चलचित्र निर्माण हुनेछ । 

“अहिले बजारमा चलेका कलाकारलाई लिनेछौँ । तर, कसैसँग कुरा भइसकेको छैन,” निर्माता अधिकारीले बाह्रखरीसँग भने, “अहिले स्टोरीमा काम भइरहेको छ । स्क्रिप्टको काम सकिएपछि कलाकार फाइनल गर्नेछौँ ।”

फागुन र चैतमा चलचित्र छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनले बताए । “यो दसैँमा हामी जसरी पनि चलचित्र रिलिज गर्नेछौँ,” उनले भने, “जतिसुकै चलचित्र आए पनि हामी पछि हट्दैनौँ ।” 

नाम ‘माइतीघर’ भए पनि यो पुरानो चलचित्र ‘माइतीघर’को सिक्वेल वा सिरिज केही नहुने उनले प्रष्ट पारे । दश वर्षपछि अगाडि चलचित्रमा प्रयोग भइसकेको सिनेमाको नाममा पुनः चलचित्र बनाउन पाइने प्राबधान छ । 

“माइतीघरको शीर्ष गीत भने हमी प्रयोग गर्नेछौँ । यसका लागि हामीले गीतकारसँग अनुमति लिइसकेका छौँ,” रोहितले बाह्रखरीसँग भने, “अरु पुरानो माइतीघरको केही पनि प्रयोग हुनेछैन ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro