site stats
बाह्रखरी :: Baahrakhari
देश
बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इटहरीको होटेलमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७, मोतिगडाका २८ वर्षीय सोमनाथ भनिने सुजन गिरी छन् ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सुनसरीको इटहरीस्थित क्राउन होटेल एन्ड लजमा गएको कात्तिक ३० गते ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको हो । उनलाई धनकुटाको चौबिसे गाउँपालिका–२, शुक्रबारे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्