site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरमा यसकारण ‘रेकर्ड ब्रेक’ वर्षा, दिउँसोसम्म पानी पर्ने

लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस


काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । कञ्चनपुरका केही स्थान र कैलालीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आइतबार राति सुदूरपश्चिम प्रदेशमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको थियो । त्यो प्रणालीले अति भारीसम्म वर्षा भएको विभागले जनाएको छ ।

त्यहाँ निम्नचापीय प्रणाली विकसित भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । निम्नचापीय प्रणाली विकसित भएको क्षेत्रमा वायुमण्डलीय चाप कम हुन्छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार, त्यस्तो अवस्थामा वायु माथितिर जान्छ । त्यसको प्रभाव पर्छ र वरिपरिबाट जलवाष्पयुक्त हावा (बादल) आएर ‘भारी’ वर्षाको सम्भावना हुन्छ । कञ्चनपुरमा मनसुनकै निम्नचापीय प्रणाली विकसित भएको उनले स्पष्ट पारे ।

“त्यो प्रणाली अहिले कमजोर भइसकेको छ,” उनले बाह्रखरीसित भने, “वर्षा पनि घटिसकेको छ ।”

उक्त क्षेत्रमा ‘हल्का’ वर्षा भने भइरहेको उनले बताए । “त्यहाँ (सुदूरपश्चिम) दिउँसोसम्म हल्का वर्षा हुने देखिन्छ । त्यसपछि वर्षा रोकिने सम्भावना छ,” उनले भने ।

कञ्चनपुरमा ७७ वर्षयताकै धेरै वर्षा मापन गरिएको छ ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा साँझपख हल्का वर्षाको सम्भावना छ,” उनले भने ।

काठमाडौंमा आइतबार रातिदेखि सोमबार बिहानसम्म वर्षा भएको थियो ।

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro