
अस्ट्रेलिया । लामो समयदेखि प्राविधिक शिक्षालयका रूपमा पहिचान बनाएको किङ्सफोर्ड इन्टरनेसनल इन्स्टिीच्युटले उच्च शिक्षामा फड्को मारेको छ । डिप्लोमा, एडभान्स डिप्लोमा लेभलमा विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको किङ्सफोर्ड कलेजले आगामी दिनमा इन्फेरमेसन टेक्नोलोजीमा ब्याचलर लेभलको अध्ययन सुरु गर्ने भएको छ ।
“यो लामो समयको प्रयास र गुणस्तरीय शैक्षिक निरन्तरतापछिको सफलता हो,” एनएसडब्लू संसद् भवनमा आयोजित उद्घाटन समारोहमा कलेजका संचालक राज खनाल र भीम खरेलले भने ।
अस्ट्रेलियाको शैक्षिक उद्योगमा नेपालीको प्रवेश बढेसँंगै उच्च शिक्षा प्रदान गर्ने निकायमा पनि गहकिलो प्रभाव पार्न सफल भएको छ ।
शेष घलेको मेलवर्न इन्स्टिीच्युट अफ टेक्नोलोजीबाट सुरु भएको यात्रामा दीपक खड्काका क्राउन हुँदै यतिबेला आधा दर्जनभन्दा बढी नेपाली मुलका व्यवसायीहरू उच्च शिक्षामा संलग्न भइसकेका छन् ।
विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूको बोर्ड रहेको किङ्सफोर्ड इन्स्टिीच्युट अफ हाइयर एजुकेसनले सुरुमा ब्याचलर अफ आईटीबाट गुणस्तरीय शीक्षालाई पहिलो प्राथमिकतामा राख्ने संचालक एकराज खनालले बताए ।