site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अस्ट्रेलियामा बुद्धकपको उपाधि सेन्ट जर्जलाई

अस्ट्रेलिया । तमु समाज अस्ट्रेलियाले भगवान गौतक बुद्धको २५६९ औँ जन्मजयन्तीको अवसरमा सिड्नीमा आयोजना गरेको सेभेन साइड बुद्धकप फुटबलको उपाधि सेन्ट जर्ज नेप्लिज क्लबले जितेको छ । 

फाइनलमा माछापुच्छ्रे एफसीलाई हराउँदै सेन्ट जर्जले उपाधि जितेको हो । प्रतियागितामा सेन्ट जर्जका डेविड कुमाल उत्कृष्ट खेलाडी भए भने फाइनलमा गौतम श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । 

Argakhachi Cement Island Ad

विधागत उपाधिमा रुपम लामा वेस्ट फरर्वाड र निश्चल शाही ठकुरी उत्कृष्ट गोलरक्षक ठहरिए । उपविजेता माछापुच्छ्रेका अंकित थापा उत्कृष्ट रक्षक र रितिक खड्का उत्कृष्ट मिडफिल्डर छानिए ।

तमु समाजले परम्परागत खेलका रूपमा परिचित छेलो प्रतियोगिताको समेत आयोजना गरेको थियो । जसमा बासु गुरुङ प्रथम र डिक्सन थापाले दोस्रो स्थान हात पारे । 

कार्यक्रममा एनएसडब्लूका वाणिज्यदूत संजिव शर्माले शान्तिका पर्याय भगवान बुद्धको जन्मजयन्ती सबै नेपालीको महान चाडका रूपमा रहेको बताए । 

तमु समाज अस्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङले भगवान बुद्धको जन्मजयन्तीको अवसर पारेर बुद्ध जयन्ती मनाउनुका साथै सबैको सहभागिताको लागि खेलुकद तथा मनोरन्जनात्मक प्रतिस्पर्धा समावेश गरिएको बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्