site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा सबैभन्दा छिटो र ढिलो कहिले भित्रियो मनसुन ? (५६ वर्षको तथ्यांकसहित) 

काठमाडौं । यो वर्ष सरदर मितिभन्दा तीन दिन छिटो मनसुन नेपाल भित्रिएको छ । मनसुन सोमबार (जुन १०) नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ हो । तर, यो हालसम्म नेपालमा मनसुन भित्रिएको आधारमा तयार पारिएको औसत मिति मात्र हो । जुन १३ भन्दा अगाडि वा पछाडि पनि मनसुन भित्रन सक्ने विभागले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सन् १९९८ र २०१५ मा मात्र १३ जुनमै मनसुन नेपाल प्रवेश गरेको जल विभागको तथ्यांक छ । १९९६ मा मनसुन प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । विभागले तथ्यांक राख्ने गरेयताकै सबैभन्दा चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो ।

सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार उक्त वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो ।

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ ।

नेपालमा मनसुन प्रवेशको तथ्यांक हेर्नोस्–

efagdgm-1718006810.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro