site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुन अवधिमा कति हुन्छ वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । देशभर वर्षभरि हुने वर्षाको अधिकांश हिस्सा मनसुन सिजनमा हुन्छ । मनसुन, प्रिमनसुन, पोस्ट मनसुन र विन्टरमध्ये वर्षाको अधिकांश हिस्सा मनसुनमा हुने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । उनका अनुसार, प्रिमनसुन (मार्च, अप्रिल र मे)मा १२ र पोस्ट मनसुन (अक्टोबर र नोभेम्बर) र विन्टर (डिसेम्बर, जनवरी र फेब्रुअरी)मा ४/४ प्रतिशत वर्षा हुन्छ ।

विभागका अनुसार, नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशको दक्षिणी, मधेस, वाग्मतीको दक्षिणी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro