site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भित्रियो मनसुन

काठमाडौं । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।

नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्छ ।

सन् १९९६ मा मनसुनी प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्ने गरेयताकै सबैभन्दा चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो ।

सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो ।

गत वर्ष अर्थात् २०२३ मा एक ढिलो गरी जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो । विभागका अनुसार, नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro