site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा प्रहरी कारबाही अभियान तीव्र

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल ‘मोडिफाई’ गरी होहल्ला मच्चाउने चालकहरूलाई कारबाही अभियान तीव्र पारेको छ । 

बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले एक महिनाका अवधिमा ६६ वटा मोडिफाई गरी चलाउने चालक मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना र सचेतना प्रदान गरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए । 

Argakhachi Cement Island Ad

चालकहरूबाट सात लाख ६८ हजार रुपैयाँ जरिवाना असुल गरेको उनले बताए । जिल्लामा प्रहरी शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा २८ वर्ष ८ महिना कैद सजाय र १० लाख ३७ हजार जरिवाना भएका एक सय ३० जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए । 

चितवन प्रहरीले विपद् प्रतिकार्य योजना तथा थप जनशक्ति परिचालन उद्धार एवं राहत सामग्री व्यवस्थापन प्रहरी समुदाय साझेदारी कार्यक्रम र आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै शाखा बनाउने योजना रहेको प्रहरी उपरीक्षक पुरीले बताए । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्