site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चोभारमा थन्किए यूएसएआईडीका सयौँ गाडी (तस्बिरसहित)

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को नेपालस्थित कार्यालय बन्द भएपछि आफ्ना चार पांग्रे गाडी र मोटरसाइकल काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा थन्काएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहमा यूएसएआईडीका ५१८ वटा गाडी तथा मोटरसाइकल राखिएको छ ।

समितिले तोकिएको पार्किङ शुल्क लिई यूएसएआईडीका गाडी सुक्खा बन्दरगाहमा राख्न दिएको हो । सुख्खा बन्दरगाहमा यूएसएआईडीका ११८ वटा गाडी, पिकअप भ्यान  र जीप तथा ४०० वटा मोटरसाइकल राखिएको छ ।

Argakhachi Cement Island Ad

Chobhar-USAID-Veichles-(1)-1749028571.jpg
“दुई महिनादेखि चोभारस्थित सुक्खा बन्दरगाहमा यूएसएआईडीका गाडी तथा मोटरसकाइकल पार्किङ गरी राखिएको छ,” समितिका कार्यकारी निर्देशक गजुरेलले बाह्रखरीसँग भने ।

यूएसएआईडीका गाडी तथा मोटरसाइकल नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको पनि उनले जनाए । 

पार्किङ सुविधा उपलब्ध गराएवापत समितिले यूएसएआईडीसँग प्रतिगाडी दैनिक १०० रुपैयाँ र बाइकको एरिया हेरेर पार्किङ शुल्क लिने गरेको छ ।

Chobhar-USAID-Veichles-(6)-1749028570.jpg
सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि सरकारी खर्च कटौती गर्ने भन्दै उनले यूएसएआईडीलाई बन्द गर्ने घोषणा गरेका थिए । त्यसपछि नेपालमा रहेको यूएसआईडीको कार्यालय पनि बन्द गरिएको थियो ।

यूएसआईडीको कार्यालय बन्द भएपछि उसको स्वामित्वमा रहेका सवारी साधनलाई चोभारस्थित सुक्खा बन्दरगाहमा राखिएको थियो ।

Chobhar-USAID-Veichles-(9)-1749028570.jpg

Chobhar-USAID-Veichles-(7)-1749028570.jpg

Chobhar-USAID-Veichles-(4)-1749028569.jpg

Chobhar-USAID-Veichles-(5)-1749028569.jpg

Chobhar-USAID-Veichles-(2)-1749028568.jpg

Chobhar-USAID-Veichles-(3)-1749028568.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्