देश

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा बुधबार दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, कास्कीको माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको हो । गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १९:३२
प्रतिक्रिया दिनुहोस्