site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसा प्रकरणमा मुछिएका आरोपीको मोबाइल रिपोर्टमा के छ ?

काठमाडौं । भिजिट भिसा प्रकरणबारे अनुसन्धान भइरहेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थ भट्टराईको मोबाइलको रिपोर्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त गरेको छ ।

भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अख्तियारले जेठ १४ मा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा उनको मोबाइलसमेत अख्तियारको टोलीले नियन्त्रणमा राखेर जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा परीक्षणका लागि पठाएको थियो ।

Argakhachi Cement Island Ad

सोही रिपोर्ट प्रहरीको डिजिटल फरेन्सिक ल्याबले अख्तियारलाई दिएको हो ।  सामान्यतः डिजिटल ल्याबको रिपोर्ट आउन एक हप्ताको समय लाग्छ । डिजिटल फरेन्सिक ल्याबबाट मोबाइल फोनबाट हटाएका कुरा पुन रिकभर हुनेगर्छ । 

अख्तियारले प्रमाण संकलनको प्रयोजनका लागि भट्टराईसहित केही ट्राभल सञ्चालकहरुको मोबाइलसमेत नियन्त्रणमा राखेर जाँचका लागि पठाएको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडलले नियन्त्रणमा लिएका आरोपीहरुको रिपोर्ट आउने क्रम सुरु भएको बताए । 

उनले भने,‘‘हामीले धेरै जनाको डिभाइसहरु नियन्त्रणमा लिएका थियौँ । केहीको आउन सुरु भएको छ । हामीले हाम्रो आफ्नै ल्याब र केहीलाई बाहिर पनि आवश्यकता अनुसार पठाएका छौँ ।’’

पौडेलले अहिलेको अनुसन्धान कर्मचारीहरुमाथिको मात्रै रहेको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्