site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सोनिया रोएको त्यो रात..., भारतमा राहुल विपक्षी दलको नेता हुँदा के फरक पर्ला ? 
Siddhartha BankSiddhartha Bank

बीबीसी  । विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भनिने भारतमा प्रजातन्त्र खस्कियो भनेर विगतमा धेरै टिकाटिप्पणी भए ।  त्यहाँ विपक्षी दल विगत १० वर्ष निकै कमजोर भएकोले यो भन्नु अस्वाभाविक पनि थिएन ।

तर, पछिल्लो अठारौं लोकसभा निर्वाचनपछि यसपालि विपक्षी केही बलियो रुपमा आएको छ ।   अब के फरक पर्ला त भारतमा विपक्षी बलियो हुँदा ? यो प्रश्न उठिरहेको छ । यसको जवाफ पछि देखिँदै जानेछ । तथापि, अहिले नै हेर्दा पनि निश्चय नै यसले निकै फरक पार्नेछ । 

किनकि संसद्भित्र र बाहिरका कतिपय शक्तिशाली नियुक्तिमा पनि विपक्षीको बलियो हात हुनेछ ।  त्यसैले विगतमा जस्तो बेलगाम सरकार वा प्रधानमन्त्री नरेन्द्र मोदी चल्ने अवस्था छैन ।  त्यसले भारतमा मात्रै होइन छरछिमेकका थुप्रै नीतिमा पनि यसले सकारात्मक प्रभाव पर्ने संकेत देखिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा विपक्षी पार्टी कांग्रेसले लोकसभामा विपक्षी दलको नेताको रुपमा राहुल गान्धीलाई गएको मंगलबार चयन गरेको छ ।  राहुल २००४ मा चुनावी राजनीतिमा आए पनि त्यसपछि कुनै पनि पद पाएका थिएनन् ।  उनले पार्टी प्रमुखबाट पनि राजीनामा दिएका थिए । तर, अब राहुल पद लिन अनिच्छुक नेताको छबी तोड्दै छन् । 

राहुलले विपक्षी नेताको पद लिएका छन् । यसै क्रममा उनले बुधबार आफ्नो धारणासमेत लोकसभामा राखेका छन् ।  मंगलबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा भएको बैठकमा उनलाई प्रतिपक्षी नेता चुनिएको थियो । 

Global Ime bank

सो बैठकमा इन्डिया गठबन्धनका सबै नेता सहभागी थिए । बुधबार पहिलो वक्ताको रुपमा राहुल बोलेका थिए । उनले ओम बिरालालाई फेरि सभामुख भएकोमा सो अवसरमा बधाई दिए । सो अवसरमा उनले  विपक्षले भारतीय जनताको आवाज बोल्ने बताएका थिए ।

१० वर्षपछि विपक्ष !

बितेका दुई चुनावमा कांग्रेससँग संसदको १० प्रतिशत सिट अर्थात ५४ सिट पनि थिएनन् ।  यस्तो अवस्थामा कांग्रेसले संसदमा विपक्षको नेता दाबी गर्न पाएन । 

२०१४मा कांग्रेसको साथ ४४ सिट थियो भने २०१९मा ५२ सिट थियो । यसपालि कांग्रेससँग ९९ सिट छ । राहुल गान्धी विपक्षी नेता बन्नु यस्तो कुरा हो जसको पहिला नै अनुमान गरिएको थियो । जब जुन ४ मा नतिजा आयो त्यसबेला कांग्रेसको मुख्यालय २४ अकबर रोडमा कांग्रेस समर्थकले भन्न थालेका थिए, “यसपालि संसदमा राहुल गान्धी पुरै विपक्षका आवाज बन्नेछन् ।”

पहिलोपटक राहुल गान्धीले संसदमा संवैधानिक पद लिएका छन् । 

यो पनि पहिलो पटक हो —यसपालि उनकि आमा सोनिया गान्धी लोकसभामा उनीसँग हुने छैनन् ।  सोनिया यसपालि राज्य सभा सांसद बनेकी छन् । उनकै सिट रायबरेलीबाट राहुल चुनिएका हुन् ।

यसपटक उनको साथ बहिनी प्रियंका गान्धीको लोकसभामा हुने सम्भावना छ । किनकि उनी वायनाड सिटमा हुने उपचुनावमा लड्दैछन् । राहुल केरलाको वायनाडबाट पनि चुनाव जितेका थिए । तर, उनी रायबरेलीबाट सांसद पदमा बहाल रहन चाहे ।

सन् २०१९मा कांग्रेस लोकसभा चुनावमा हारेकोमा राहुल गान्धीले सो हारको जिम्मेवारी लिँदै कांग्रेस अध्यक्ष पद छोडेका थिए । यसपछि केहीवर्ष सोनिया गान्धी अन्तरिम अध्यक्ष बनेकी थिइन् । 

यस सन्दर्भमा कैयौँ यस्ता अवसर आएका थिए त्यतिबेला राहुल गान्धीलाई सो पदमा फिर्ता आउन भनिएको थियो ।  यद्यपि उनले आफूले पार्टीमा कुनै पद नलिने अडान कायम राखेका थिए । 

यसपछि २०२२ सालमा पार्टीको भित्र नाटकीय अवस्थापछि मल्लिकार्जुन खड्गे पार्टीका अध्यक्ष बनेका थिए । पाँचवर्षसम्म यो अडानमा कायम रहेर पहिलो पटक राहुल पछिल्लो पद लिन तयार भएका हुन् । 

केही दिनअघि  कांग्रेस राजनीति नजिकबाट हेर्ने  वरिष्ठ पत्रकार र लेखक रसिद किदवईले बीबीसीसँग भनेका थिए, “नेता प्रतिपक्षको पदले राहुल गान्धीको जिम्मेवारी लिने छवीलाई उजागर गर्नेछ ।”

उनले भनेका थिए,  “नेता प्रतिपक्ष छाया प्रधानमन्त्री हुन्छ । उसले पुरै विपक्षको नेतृत्व गर्नेमात्रै होइन कतिपय जरुरी नियुक्तिमा प्रधानमन्त्रीको साथ बस्छ । जुन प्रकारको चुनावी अभियान मोदी र राहुलबीच हामीले देखेका थियौं । दुवै एकअर्कामा तिखो व्यवहार गर्दछन् । यस्तो अवस्थामा प्रधानमन्त्रीसँग बसेर फैसला गर्ने निर्णयमा पुग्नु राहुललाई चुनौतीपूर्ण हुन सक्छ । यदि उनी परिपक्व नेता बन्न चाहन्छन् भने उनले यो गर्नुपर्दछ ।”

के हुन्छ जिम्मेवारी ?

संसदमा विपक्षी नेताको भूमिका निकै अहम हुन्छ । उनी संसदमा सबै विपक्षीको आवाज त बन्छन् नै उनका साथ आफ्नो शक्ति र विशेषाधिकार पनि हुन्छ ।  विपक्षका नेता कैयौं प्रमुख समितिजस्तै पब्लिक अकाउन्ट, पब्लिक अन्डरटेकिङलगायतका हिस्सा बन्दछन् । 

विपक्षी नेताको सबैभन्दा महत्वपूर्ण भूमिका संयुक्त संसदीय समिति र चयन समिति हुन्छन् ।

चयन समितिमा प्रवर्तन निर्देशनालय(इडी), केन्द्रीय जाँच ब्यूरो(सीबीआई), केन्द्रीय सतर्कता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल साथै चुनाव आयुक्त र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष जस्ता पदको नियुक्ति बैठकमा विपक्षको नेता पनि बस्ने गर्दछ । 

विपक्षी नेता एक प्रभावशाली पद हो । जसको आफ्नै भत्ता हुन्छ । यो पदमा जो व्यक्ति हुन्छ उसलाई संसद् सदस्यको तलब, भत्ता र पेन्सन अधिनियम १९५४को धारा ३मा दर्ज रहेको वेतन र हरेक दिनको भत्ता दिइने गरेको छ ।
राहुल २०२२मा कन्याकुमारीदेखि काश्मीरको ‘भारत जोडो यात्रा’  र त्यसपछि मणीपुरबाट मुम्बईसम्मको यात्रा पछि बढी प्रभावशाली देखिए । 

त्यसअघि उनलाई मिडियाले पनि पत्याएका थिएनन् । 

उनी मोदीसँग सिधा टक्कर गर्न थालेको यही आसपासमा हो । त्यसैले उनलाई अहिले ९९ सिटमा कांग्रेसलाई जिताउन सफलता मिलेको  छ । 

सोनिया किन रोइन ?  

पूर्वविदेशमन्त्री नटवर सिंहले आफ्नो आत्मकथा ‘वान लाइफ इज नट इनफ’मा दावी गरेका छन् कि राहुल गान्धीले नै सोनिया गान्धीलाई प्रधानमन्त्री बन्नबाट रोकेका थिए । सिंहका अनुसार राहुल गान्धीलाई डर थियो कि उनकि आमाको पनि हत्या हुन सक्छ । 

जनवरी २०१३मा अल इन्डिया कांग्रेस कमिटीको बैठक उदयपुरमा भएको थियो । सो बैठकले राहुललाई  कांग्रेसको उपाध्यक्ष बनाएको थियो । 

उपाध्यक्ष बनेपछि सो पार्टीको बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, “बितेको रात तपाईंहरुले मलाई बधाई दिनुभयो । तर मेरी आमा मेरो कोठामा आउनुभयो र साथमा बसेर रुन थाल्नुभयो । उहाँको भनाई छ कि जुन सत्ताको लागि मानिस लागिपरेका छन् । त्यो खासमा विष हो ।”

“मेरी हजुरआमालाई उहाँकै सुरक्षाकर्मीले मारे । जसलाई म साथी सम्झेर ब्याडमिन्टन खेल्थेँ । मेरा बुबाका साथ पनि यही भयो । जसले मानिसको जीवनमा आशा जगाउनुभयो । हामीलाई सत्ताको पछाडि दौडनु छैन बरु मानिसहरुको माझमा सत्तालाई लिएर जानुछ,”उनको भनाई थियो ।

राहुल अहिले ५५ वर्षका भए । पार्टीको कमाण्ड छोडिसकेका छन् । पार्टीको कमाण्ड अहिले गैर गान्धी–नेहरु परिवारसँग छ ।  ‘भारत जोडो यात्रा’को समयमा मिडियासँग उनले भनेका थिए, “मैले राहुल गान्धीलाई धेरै पछाडि छोडि सकें । अब म त्यो राहुल गान्धी होइन ।” बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय