site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘डोरी’को शुभमुहूर्त, आइतबारबाट छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘डोरी’को शुभमुहूर्त गरिएको छ । बिहीबार शुभमुहूर्त गरिएको चलचित्र आइतबारदेखि छायांकनमा जानेछ । 

चलचित्र ‘डोरी’मा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बांदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राइलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् । निर्देशक लामाले डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने बताए । 

‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथामार्फत जीवन्त बनाउने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्