site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि लाग्यो भ्रष्टाचारको आरोप

काठमाडौं । चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि भ्रष्टाचारको आरोप लागेको छ । उनीविरुद्ध अनुसन्धान सुरु भइसकेको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, चीनका रक्षामन्त्री डोङ जुन पिपुल्स लिबरेसन आर्मी (पीएलए) का वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेर चलाइएको भ्रष्टाचार विरोधी अभियानमा परेका हुन् ।

रिपोर्टका अनुसार, भ्रष्टाचारका कारण चिनियाँ सेना कमजोर बनिरहेको भय चीनलाई छ । त्यसैले सन् २०२३ देखि चिनियाँ सेनामा भ्रष्टाचार विरोधी अभियान चलिरहेको छ । यस अन्तर्गत हालसम्म नौजना पीएलए जनरल र धेरै अधिकारीहरूलाई हटाइएको छ ।

यसअघि पनि दुई रक्षामन्त्रीमाथि लागेको थियो आरोप

डोङलाई सन् २०२३ मा चीनको रक्षामन्त्री बनाइएको थियो । यसअघि ली साङ्फु चीनका रक्षामन्त्री थिए । पदभार ग्रहण गरेको सात महिनापछि नै लीलाई पदबाट हटाइएको थियो । २९ अगस्ट २०२३ मा एक कार्यक्रममा भाषण दिएपछि उनी बेपत्ता भएका थिए । त्यसपछि सेप्टेम्बरमा उनलाई रक्षामन्त्रीको पदबाट हटाइएको थियो । कम्युनिस्ट पार्टीका अनुसार लीले सैन्य उपकरण खरिदमा अनियमितता गरेका थिए ।

यसअघि, २०२३ मा वेई फेंगेलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो । वेईमाथि पार्टीको विश्वास तोडेको, सेनाको प्रतिष्ठामा आँच पुर्‍याएको र ठूलो घुस लिएको आरोप लागेको थियो ।

अल्जजिराबाट ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro