कला
काठमाडौं । अस्कर इन्टरनेसनल कलेजले आयोजना गरेको ‘दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ प्रथम भएको छ । शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ले एक लाख नगद पुरस्कार जितेको छ ।
प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ द्वितीय र तृतीय भएका छन् । यी चलचित्रले क्रमशः ५० हजार र २५ हजार नगद जिते ।
देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ स्पेसल मेन्सनमा परेको छ । पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा परेका नौवटा लघु चलचित्र प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १६:१५
प्रतिक्रिया दिनुहोस्