site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइनेछ । आज बेलुका उनलाई यहाँ ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी गराएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी हिरासतमा छन् । गएको कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro