site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघीय अधिकारीद्वारा गाजा र वेस्ट बैंकमा चरम संकटको चेतावनी
फाइल तस्बिर ।
SkywellSkywell

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार सुरक्षा परिषद्‌मा गाजा र वेस्ट बैंकमा बढ्दो संकटको चेतावनी दिएका छन् ।

सुरक्षाका परिषद्को नियमित बैठकका क्रममा मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा ‘विनाशकारी मानवीय संकटको वर्णन गर्दै नागरिकहरू शत्रुता र पूर्ण विच्छेदको प्रभावबाट पीडित भएको बताए ।  संकट वृद्धिले यस क्षेत्रका लागि थप पीडा र विनाशकारी परिणामतर्फ मात्र धकेलिरहेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

वेन्नेसल्यान्डले चलिरहेको इजरायली बस्ती विस्तारलाई कुनै कानुनी वैधता नभएको औल्याउदै अन्तर्राष्ट्रिय कानुन र सान्दर्भिक संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको स्पष्ट उल्लंघन भएकोप्रति आपत्ति व्यक्त गरे । यसै सन्दर्भमा इजरायल सरकारलाई बस्ती विस्तारका सबै गतिविधि तुरुन्तै बन्द गर्न वेन्नेसल्यान्डले आग्रह गरे ।

उनले आवासीय क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको निन्दा गर्दै भने, “अस्पताल र संयुक्त राष्ट्र परिसरलगायत छिमेक र महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरेको छ ।”

वेन्नेसल्यान्डले प्यालेस्टिनी र इजरायलीबिचको हिंसा र आक्रमणलाई उल्लेख गर्दै हिंसाका सबै अपराधीलाई जवाफदेही बनाउन र तुरुन्त न्याय दिलाउनुपर्छ भन्ने कुरामा जोड दिए ।

यसै क्रममा उनले लेबनान र इजरायली सशस्त्र फौजलाई छुट्याउने सीमा ब्लू लाइनमा इजरायल र हेजबुल्लाहबीच सम्भावित सैन्य वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे ।

वेन्नेसल्यान्डले इजरायली वित्तीय बाधाद्वारा बढेको प्यालेस्टिनी प्राधिकरणको वित्तीय संकटलाई सम्बोधन नगरिए प्यालेस्टिनी वित्तीय प्रणालीलाई गम्भीर असर पर्ने चेतावनी दिँदै कब्जामा रहेको वेस्ट बैंकको आर्थिक र सुरक्षाका लागि वित्तीय मुद्दाहरूको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरे । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro