विदेश
नयाँदिल्ली । भारतको लोकसभाको सभामुख पदमा सत्तारुढ गठबन्धनका ओम बिरला निर्वाचित भएका छन् । उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी नेता राहुल गान्धीले बधाई दिएका छन् ।
उनी दोस्रोपटक सो पदमा निर्वाचित भएका हुन् । यसअघिको लोकसभामा पनि उनै सभामुख थिए । उनी राजस्थानबाट सांसद पदमा निर्वाचित भएका थिए ।
बिरला ध्वनिमतबाट सभामुख निर्वाचित भएका हुन् । उनको नामको प्रस्ताव प्रधानमन्त्री मोदीले गरेका थिए भने समर्थन मन्त्रीहरू अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले गरेका थिए । चुनावपछि मोदीले आगामी पाँच वर्ष बिरलाबाट मार्गदर्शन मिल्ने बताएका छन् । बीबीसी
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १२:१८
प्रतिक्रिया दिनुहोस्