बीबीसी । धेरैका लागि यो कुरा पुरानो भइसक्यो – पुरुष रुँदैनन् । यद्यपि राजनीतिमा नेतालाई लिएर के भन्ने ? उनीहरु रोएको देख्दा सर्वसाधारणले के ठान्दा हुन् ?
तीन साताअघि बेलायतको वेल्सका फस्ट मिनिस्टर वागन गेथिंग वेल्स पार्लियामेन्टमा अविश्वासको प्रस्तावपछि रुँदै गरेको अवस्थामा देखिए । उनी अविश्वासको प्रस्तावमा हारेका थिए ।
यस हिसाबले गेथिंग चर्चिलदेखि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासम्मको यस्तो पंक्तिमा परे कि जसको आँसु सार्वजनिक स्थानमा खसेको थियो । के यसरी सार्वजनिक स्थानमा रुने नेता मानवीय वा प्रामाणिक मानिन्छन् ? वा यसलाई उनीहरुको एउटा कमजोरीको रुपमा देख्ने ?
विश्लेषकहरुको भनाइमा उनीहरु चाहन्छन् कि मानिसहरु उनीहरुको भावनामा जोडिइरहून । तथापी सर्वसाधारण नेता कमजोर भएको देख्न चाहँदैनन् । तपाईंमा जतिसुकै करुणा किन नहोस्, तपाईं आफ्नो चेम्बरमा रुँदै गरेको देखिनुभयो भने तपाईं ताकतदार मानिनु हुन्न ।
ग्युटो हेरी जो बेलायतको प्रधानमन्त्री कार्यालयमा पूर्वकम्युनिकेसन डाइरेक्टर पनि हुन् । उनी पूर्वप्रधानमन्त्री बोरिस जोन्सनको कार्यकालमा काम गरिसकेका छन् । उनी भन्छन्,‘ “कुनै पनि राजनीतिक नेताको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनको भित्री मन कति असल छ भन्ने हो ।”
उनी थप्छन्, “जो मानिस स्वाभाविक रुपमा आकर्षक छैनन् उनीहरुलाई मुस्कुराउन भनियो भने उनीहरु अजीव लाग्न सक्छन् । जस्तो बेलायतका पूर्व प्रधानमन्त्रीहरु गोर्डन ब्राउन वा टेरेसा मे जस्ता मानिस यस्तो देखिन सक्छन् ।”
राजनीतिको बाहिर वा राजनीतिको भित्र कैयौं यस्ता नेता छन् जो क्यामेरामा रोएको देखिएको छ । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल पनि सार्वजनिक रुपमा रुने मानिसका रुपमा चिनिन्छन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितिया एक पटक आँसु पुछ्दै गरेको बेलामा देखिएकी थिइन् । उनी सन् १९९७मा उनको याच सर्भिसबाट हट्दा आँसु पुछ्दै गरेको बेलामा देखिएकी थिइन् । यस्तै उनी सेनोटेफमा रिमेम्ब्रेन्स सन्डे सर्भिसका क्रममा रुँदै देखिएकी थिइन् ।
बेलायतकै एकजना चान्सलर जर्ज ओसबर्नको आँखामा पनि २०१३मा आँसु देखा परेको थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको अन्त्येस्टी हुँदै थियो ।
आफ्नो कार्यकालको समयमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सार्वजनिक रुपमा धेरैपटक रोएको देखिएका थिए । सन् २०१२मा स्यान्डी हुक नरसंहार र २०१५मा एरेथा फ्रैंकलिनको परफरमेन्सका क्रममा उनी रुँदै गरेको देखिए ।
यस्तै बेलायतकी तत्कालीन प्रधानमन्त्री टेरेसा मे २०१९मा प्रधानमन्त्री पद छोड्ने घोषणा गर्ने क्रममा रोएकी थिइन् । गेथिंग जुन हिसाबले रोइरहेका थिए र वेल्स सरकारका चीफ व्हिप उनलाई जसरी संझाइरहेका थिए त्यो कुरा सोसल मिडियामा भाइरल भएको थियो ।
गेथिंग टिस्यु पेपरले आँसु पुछेको अवस्थामा देखिएका थिए । मानिसहरुले यसलाई ‘गोहीको आँसु’ भने किनकि उनी क्यामेरातर्फ देखाइरहेका थिए । उनले आफैलाई लज्जित बनाउने काम गरेका थिए । उनीमाथि लैंगिक टिप्पणी पनि भएको थियो । भनियो कि उनी ‘सानो बच्चा जस्तो रोए ।’
यद्यपि हेरिको भनाई छ कि त्यो आँसु असली थियो । यस्तो बेलामा भावनात्मक चोट परेको हुन्छ । त्यसलाई कम आँक्न मिल्दैन ।
उनी थप्छन्, “मैले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन हट्ने बेलामा नजिकबाट देखेको छु । यो मेरो निजी अनुभव हो । यो समय निकै क्रुर थियो । मैले उनलाई हतास र निराश देखेको थिएँ । तर, यो सबै बन्द ढोकाको भित्रै भयो ।
अब पुरुष रुनु कमजोरी रहेन
भनिन्छ कि सार्वजनिक रुपमा रुनु जोखिमयुक्त हुन्छ । किनकि मानिसहरुले तपाईंको आँसुलाई नक्कली हो वा मानिसको सहानुभूति लिन खोजेको अर्थ लगाउन सक्छन् । कतिपय समयमा राजनीतिमा वा जीवनका विभिन्न क्षेत्रमा हतास वा बेचैनी आउन सक्छ ।
जस्तो कि तपाईंको पत्नी वा पतिले तपाईंलाई छोड्न सक्छन् । तपाईंलाई आफूप्रति अरुले दया गरोस् भन्ने लाग्न सक्छ । तर, सार्वजनिक रुपमा रुँदा मानिसहरुको धारणा अर्कै हिसाबले बदलिन सक्छ ।
हेरि भन्छन्, “यो पेन्डुलमजस्तै हो । कैयौँ कालखण्डमा जस्तो प्राचीन ग्रीस वा रोम वा बेलायतमा मध्यकालमा पुरुष खुलेर आफ्नो कुरा व्यक्त गर्दथे । यसमा रुने प्रक्रिया पनि थियो । रिसाउने वा रोष प्रकट गर्ने क्रम पनि सार्वजनिक रुपमा चल्थ्यो ।”
“तर, दोस्रो कालखण्डमा जस्तो पुनर्जागरणकालमा अर्थात् १८औँ देखि २०औं शताब्दीको सुरुसम्म भावनालाई नियन्त्रित राख्नु सिठक ठानिन्थ्यो । आजको जमानामा मानिसहरु राजनीति र खेल जस्तो क्षेत्रमा खुलेर आफ्नो भावना व्यक्त गर्दछन्,” उनी भन्छन् ।
उनले भने, “कुनै दिग्गज बिजनेस लिडरका बारेमा यो सोच्नु अकल्पनीय हो कि कम्पनीको बोर्डबाट हटाउनाका कारण उ रुनेछ । तर, राजनीतिमा बेलायतका पूर्वप्रधानमन्त्रीहरु मार्गरेट थ्याचर वा टेरेसा मे दुवैजना पद छोड्ने बेलामा रोएका थिए । यस्तै विन्स्टन चर्चिल पनि हाउस अफ कमन्समा रोएका थिए । ब्लिट्जमा बमबारी भएको जग्गामा पनि उनी रोएका थिए ।”
आँसु लुकाउनु जरुरी छैन
“थ्याचर र मे दुवै पद छोडेपछि रुँदै गरेको अवस्थामा आहत जस्तो देखिएका थिए । जबकि बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो राजीनामाको क्रममा गुनगुनाएको अवस्थामा देखिएका थिए । यस्तो गरेर उनी यो देखाउन चाहन्थे कि उनी आफ्नो काबुमा छन् । सवाल यो हो कि सार्वजनिक रुपमा रुँदा कस्तो देखिन्छ ?,” उनको भनाई थियो ।
उनी भन्छन्, “वागन गेथिंगको मामिला ज्यादै आत्मदयाको मामिला हो । यो स्वीकार्य छैन । डी डे भेट्रान्समा सामेल धेरै मानिसको आँखामा आँसु देखिएको थियो । उनीहरु स्वयम् रोइरहेका थिएनन् । आफ्ना सहिद साथीहरुको सम्झनामा रोइरहेका थिए ।”
मार्क बोर्कोवस्की एक क्राइसिस पीआर कन्सल्टेन्स हुन् । उनी भन्छन्, “अब बेलायतका जनता नेताकै जस्तो आफनो भावना व्यक्त गर्न बढी खुला छन् ।”
उनी थप्छन्, “राजनीतिक नेतामा यो आशा गरिन्छ कि उनीहरुले आफ्नो ताकत देखाउन् । कमजोरी छिपाउन् । तर हामी मानिस हौं । कमजोर पनि छौं । हामी गल्ती गर्छौँ र दुनियाँ यसलाई स्वीकार पनि गर्दछ । गल्ती नै नगर्ने कोही पनि हुँदैन । यद्यपि इमान्दारी अझै पनि मानिसमा छ ।”
भारतमा नेताहरुको रुवाई
भारतको सन्दर्भमा पनि केही उदाहरण छन् । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीलाई कमसेकम सार्वजनिक स्थानमा रुनका लागि निकै परहेज थियो । उनका कान्छो छोरा सञ्जय गान्धीको निधनमा जब उनका साथी समवेदना प्रकट गर्न गएका थिए त्यत्रो भयानक घटना हुँदा पनि उनी सामान्य अवस्थामा थिइन् । आँखामा आँसु थिएन ।
छोराको शव यात्राका क्रममा उनले घाम छेक्न भनेर एक चश्मा लगाएकी थिइन् । यसको मतलब यो थियो कि आँसु आए पनि अरुले नदेखुन् भन्ने उनी चाहन्थिन् ।
भारतकै पूर्वप्रधानमन्त्री लालकृष्ण आणवाडी पनि कैयौँ समयमा भावुक भएको देखिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी कैयौं टीभी अन्तर्वार्तामा भावुक देखिएका छन् । मोदी चुनावी सभामा पनि कैयौं पटक भारी गलाका साथ बोलेको सुनिएको थियो । (बीबीसी)