site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनका राष्ट्रपतिको हत्या प्रयासमा आफ्नै दुई कर्णेल संलग्न
Sarbottam CementSarbottam Cement

किभिभ । युक्रेनियन्स सेक्युरिटी सर्भिस(एसबीयू)ले रसियाले दुई युक्रेनी कर्णेललाई प्रयोग गरेर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या प्रयास गरेकोमा त्यसलाई असफल पारिएको दाबी गरेको छ ।

एसबीयूका अनुसार सरकारी प्रतिरक्षा युनिटका दुई कर्णेललाई सो मामिलामा पक्राउ गरिएको छ । ती युक्रेनी कर्णेलले रुसको रसियन स्टेट सेक्युरिटी सर्भिस (एफएसबी)सँग मिलेर काम गरेको आरोप लगाइएको छ । उनीहरूले राष्ट्रपतिको हत्याका लागि उनका बडीगार्डमध्येबाट उपयोग गर्न खोजेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसबाट टार्गेट गरिएका अन्य व्यक्तिमा सैन्य गुप्तचरी विभागका प्रमुख किरिलो बुडानोभ र एसबीयूका प्रमुख भाजिल मालियुक पनि रहेका थिए । बुडानोभलाई मे ५ का दिन अर्थोडक्स इस्टरको अवसरमा हत्या गर्न खोजिएको जनाइएको छ ।

युक्रेनको  सुरक्षा निकायले संम्भवतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ कार्यकाल सुरु हुनुअघिको उपहारको रूपमा उनको हत्या गर्न खोजिएको अनुमान गरेको छ । पुटिनको नयाँ कार्यकाल हिजो (मंगलबार)बाट सुरु भएको छ ।

Global Ime bank

रुसी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले केही दिनअघि मात्रै युक्रेनका राष्ट्रपतिलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेको थियो । युक्रेनमा पक्राउ परेका कर्णेलहरूलाई भने देशद्रोहमा कारबाही गरिने जनाइएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement