site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनान–इजरायल सीमामा भिडन्त : चारजनाको मृत्यु, दुई घाइते
फाइल तस्बिर ।

काठमाडौं । दक्षिणी लेबनानमा आइतबार इजरायली आक्रमणमा लेबनानको शिया अमल आन्दोलनका दुई सदस्य र दुई सर्वसाधारणको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ । 

दक्षिणी लेबनानका सहर र गाउँहरूमा इजरायली हवाई आक्रमणमा अन्य दुई सर्वसाधारण पनि घाइते भएका छन् ।लडाकुहरूले इजरायल–लेबनान सीमामा रहेको इजरायली साइटहरू र इजरायली ब्रानिट ब्यारेकहरूमा आक्रमण गरेका थिए ।

लेबनान–इजरायल सीमामा अक्टोबर ८, २०२३ देखि तनाव बढेको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेपछि इजरायलले दक्षिणपूर्वीतर्फ भारी तोपहरू प्रहार गरिरहेको छ । 

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा अहिलेसम्म लेबनानी पक्षमा १८५ हिजबुल्लाह सदस्यहरू र ४४ नागरिकहरूसहित २६४ व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu