site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

पेरिस । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका निम्ति शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो ।

स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार, ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ । वरपरको क्षेत्र बन्द गरिएको छ ।

शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकोप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन विमान र अर्को हेलिकोप्टर पनि उक्त प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ ।

अधिकारीले भने, “थप विमानका निम्ति अनुरोध गरिएको छ । अग्निनियन्त्रकले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।”

पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ । शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा हर्ज पर्वतको जंगलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपत्कालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकले केही दिनसम्म दिनरात काम गरेका थिए ।

अरू देशजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ ।

वैज्ञानिकले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यो वर्ष पनि संसारभर मौसमी संकट निम्त्याएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro