site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लखनऊमा भवन भत्कँदा चारको मृत्यु, २८ जनाको उद्धार : धेरै फसेको आशंका

लखनऊ । भारतको लखनऊको यातायात नगर क्षेत्रस्थित एउटा भवन भत्कँदा चारजनाको मृत्यु भएको छ । २८ जनाको उद्धार गरिएको छ । धेरैजना फसेका छन् ।

लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चारजनाको मृत्यु भएको पुष्टि गरेका छन् । “हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्निनियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,” लखनऊ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआईलाई भने ।

प्रमुख अग्निनियन्त्रक अधिकृत (सीएफओ) मंगेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए । “अझै धेरै मानिस फसेको भनिएको छ । फसेकाहरूको यकिन संख्या थाहा हुन सकेको छैन,” कुमारले भने ।

अलपत्र परेकाहरूको उद्धार कार्य जारी छ । दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरण आउन बाँकी छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro