site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको मणिपुरमा फेरि हिंसा : पाँचजनाको मृत्यु

मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्व क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा पाँचजनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमारसँग भारतको सीमास्थित जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँचजनाको मृत्यु भएको हो ।

“जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भइरहेको छ । हालसम्म झडपमा पाँचजनाको मृत्यु भइसकेको छ र हामी थप विवरणको प्रतीक्षामा छौँ,” एक स्थानीय सरकारी अधिकारीले भने ।

सुतिरहेका बेला गोली हानी एकजनाको हत्या गरिएको थियो । त्यसपछि भएको गोली हानाहानका क्रममा सशस्त्र समूहका अरू चारजनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यस्थित उक्त क्षेत्रमा मुख्यतया हिन्दु बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढेको छ । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै ६ घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । स्थानीय सरकारको सूचनामार्फत ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षा’का निम्ति राज्यका सबै विद्यालय शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्वमुख्यमन्त्री स्व. मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण गरिँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

इन्डियन एक्सप्रेसले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको ‘इम्प्रोभाइज्ड प्रोजेक्टाइल’जस्तो देखिने उल्लेख गरेको छ ।

शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीका विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

राजनीतिक लाभका निम्ति स्थानीय नेताले जातीय विभाजन बढाएको अधिकारकर्मीले आरोप लगाएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro