site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

लन्डन । अमेरिकी गुप्तचर निकाय (सीआईए)का निर्देशक बिल बर्न्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, “हामीसँग एकार्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन ।”

उनीहरूले मुख्यतया रुस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराको सामना गरिरहेको उल्लेख गरेका छन् । आफूहरूको साझेदारी महत्त्वपूर्ण हुने उनीहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत २०२२ फेब्रुअरीमा थालिएको रुसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् ।

“सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ,” लेखमा भनिएको छ, “रुसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।”

उनीहरूले अमेरिका र बेलायतले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग हाल कसरी गरिरहेका छन् भन्ने विषय पनि लेखमा उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले संकलन गरेका तथ्यांकको विशाल भण्डार प्रयोग गरिरहेका लेखमा महत्त्वका साथ उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङटनमा स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।

ह्वाइट हाउसले शुक्रबार भनेको छ, “उनीहरू (बाइडेन र स्टर्ममर)ले अरू कुराका साथै युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।”

इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।

युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुन सक्ने भन्दै बेलायतले इजरायललाई ३० हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro