site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘आतंकवाद क्रियाकलाप’मा संलग्न रहेको आशंकामा डीएसपीसहित तीन नेपालीको पृष्ठभूमि माग्यो सिंगापुर प्रहरीले
SkywellSkywell

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् ।

बहालवाला डीएसपीको नाम यसरी जोडिएपछि प्रहरी संगठनभित्र तरंग सिर्जना भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिकरुपमा अनुसन्धान थालेको हो ।

Dabur Nepal
NIC Asia

उच्च प्रहरी स्रोतका अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो ।  एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।

आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो ।

सिंगापुर इन्टरपोलले पठाएको पत्रमा भनिएको छ, “उनीहरूको गतिविधि के कस्तो छ ? कुनै अपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनू होला । र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ ।”

त्यसरी सिंगापुर इन्टरपोल शाखाले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको खुलेको छ । 

इन्टरपोल सिंगापुरले पत्राचार गरेका हेमबहादुर शाही डीएसपी भएको खुलेको छ ।  डीएसपीकै पृष्ठभूमि सिंगापुर प्रहरीले मागेपछि प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी र इन्टरपोेल शाखामा कार्यरतहरू स्वयम् झस्किएका छन् ।

प्रहरी स्रोतका अनुसार, लामो समयदेखि दुबई मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनीमाथि नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ । 

उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो ।

प्रहरी स्रोतले भन्यो, ‘‘डीएसपी शाहीको कुनै विदेशी आपराधिक गिरोहसँग सम्बन्ध छैन । तर, महेन्द्र शाहमाथि सिंगापुर प्रहरीले निगरानी गरेको रहेछ । उनीसँगै शाहीको फोटो देखेपछि उनको पृष्ठभूमि पनि मागेका हुन् ।’’

प्रहरीका अनुसार, महेन्द्र लामो समयदेखि नेपालमा अवैध मानिएको क्रिप्टो कारोबारमा समेत देखिएका थिए । उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत निगरानी गरेको थियो ।

तर उनी अधिकांश समय नेपालभन्दा बाहिरी देशमै बस्ने गरेका कारण पक्राउ पर्नबाट जोगिँदै आएका छन् । सीआईबीका एक अधिकारीका अनुसार, महेन्द्रले क्रिप्टो कारोबार, अनलाइन ग्याम्लिङ र ‘हाइपर फण्ड’मार्फत अवैध कारोबार गर्ने गरेको सूचना छ ।

महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन् । उनलाई करिब आठ वर्षअघि नै मलेसियाबाट डिपोर्ट गरेर त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई जिम्मा लगाएको समेत खुलेको छ ।

मलेसियामा कार्यरत रहेका एक पूर्वराजदूतका अनुसार, महेन्द्रले त्यहाँको पासपोर्ट डिमार्टमेन्टको सेटिङमा करिब २ सय नेपालीलाई नक्कली स्ट्याम्पदेखि स्टिकरसमेत नक्कली टाँसेर भिजिट भिसामा मलेसिया पुगेका नेपालीलाई लामो समय राखेको खुलेको थियो ।

मलेसियाबाट डिपोर्ट भएका उनी फेरि पछि अर्को पासपोर्ट प्रयोग गरी मलेसिया पुगेका थिए । उनीसँग जोडिएका डीएसपीसमेत विवादित छविका प्रहरी अधिकारी हुन् । उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए ।

हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu