site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
लेबनानमा रहेका सबै नेपाली सुरक्षित, परराष्ट्रले भन्यो–सहजताका लागि प्रयत्न भइरहेको छ

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली हालसम्म सुरक्षित रहेको बताएको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका नेपालीको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । 

“लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ, “हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।” 

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्तहरूले कायरोस्थित नेपाली दूतावासको नम्बर २०१०९७७७२३४८ मा र परराष्ट्र मन्त्रालयको ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले भनेको छ । 

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि कायरोस्थित नेपाली दूतावासको वेवसाइटमा रहेको लिंकमा  आवश्यक विवरण उपलब्ध गराउन पनि परराष्ट्रले लेबनानमा रहेको नेपालीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro